जनमोर्चालको ‘संघीयता खारेज गरौं’ अभियान, भृकुटीमण्डमा सभा

२०८१ चैत २७ बुधबार
सारांश
  • सोही आन्दोलन अन्तरगत आज बुधबार गौसला बाट जुलुस सुरु गरी मैतिदेवी, डिल्लीबजार हुँदै काठमाडौंको भृकुटीमण्डपमा पुगेर राष्ट्रिय जनमोर्चाले सभा गरेको हो ।

काठमाडौं : राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरेको छ । 


 


प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर विश्वको र नेपालको पनि इतिहासले गलत सिद्ध गरेको राजतन्त्रको पुनस्थापना लागि प्रयत्न गरिरहेका भन्दै त्यस प्रकारको प्रतिरोधको सामना गर्नु पनि अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको जनमोर्चाको भनाई छ ।


नेपालको राष्ट्रियतामाथि लगातार आक्रमण बढाउँदै लैजानुका साथै अब उनीहरूले नेपाललाई युद्धको अखडा बनाउन पनि प्रयत्न गरिरहेको हुनाले नेपालका शासक वर्ग वा विभिन्न राजनीतिक पार्टीहरूका साम्राज्यवादपरस्त नीतिहरूका कारणले त्यो खतरा अरू गम्भीर बन्दै गइरहेको उनीहरुको भनाइ छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार